सम्मान गरियो

shreenagarfm

पाल्पा, श्रावण २ 
ज्ञानमाला संघ, आनन्द विहार, तानसेनले  ज्ञानमाला भजन संग्रह पुस्तकको विमोचन गरेको छ । सोही अवसरमा  नवनिर्वाचित नगरप्रमुख, उपम्रमुख एवं वडाध्यक्षहरुको स्वागत एवं सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ । 
ज्ञानमाला संघ आनन्द विहार, पाल्पाका अध्यक्ष विनयराज बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष सरोजलाल शाक्यले पाहुनाहरुको स्वागत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि राजकीय बुद्ध विहार, लुम्बिनीका प्रमुख भिक्षु सागरधम्मले पानसमा दीप प्रज्वलन गरी कार्यक्रममा उद्घाटन गर्नुभएको  थियो ।
ज्ञानमाला भजन संग्रह पुस्तक प्रकाशन उप समितिका संयोजक दिनेश बज्राचार्यले प्रकाशित भजन पुस्तकका सम्बन्धमा प्रकाश पारेपछि संघको भजन टोलीले ज्ञानमाला भजन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष बज्राचार्यले नवनिर्वाचित नगरप्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठक लगायत वडाअध्यक्षहरुलाई पुष्पगुच्छाका साथ खादा ओढाई सम्मान गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ, पाल्पाका उपाध्यक्ष भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले समेत शुभकामना दिनुभएको कार्यक्रमको संचालन संघका महासचिव उत्पलकुमार बज्राचार्यले गर्नुभएको थियो भने कोषाध्यक्ष सुरेशमान ले समग्र कार्यक्रमका बारेमा बताउनुभएको थियो । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal