मतदाता नामावली संकलनमा सहयोग गर : निर्वाचन कार्यालय

shreenagarfm

 

 

समय उपयुक्त भएन :  दलहरु

 
पाल्पा, जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदाता नामावली संकलनमा सहयोग गर्न सबै राजनैतिक दल र जिल्लावासीसँग आग्रह गरेको छ । 
निर्वाचन आयोगको निर्देशन अनुसार अन्य जिल्लामा जस्तै पाल्पामा पनि यही श्रावण १ देखि सुरु भई १५ गतेसम्म मतदाता नामावली संकलनको काम भइरहेको कार्यालयले ्जनाएको छ । १५ गतेसम्म नाम संकलन गर्ने र १६ गते देखि २० गतेसम्म अध्यावधिक गर्ने आयोगको तयारी छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख धर्मा अर्यालले मतदाता नामावली संकलनको लागि काम सुरु भैसकेको जानकारी दिनुभयो ।  
प्रदेश र प्रतिनिधि सभामा १८ वर्ष उमेर पुगेका सबै नागरिकहरुलाई मतदानमा भाग लिने अधिकार सुनिश्चित गर्न पनि सबैको सहकारात्मक सहयोग आवश्यक रहेको उहा“को भनाइ छ । मतदाता नामावलीमा नाम दर्ताको लागि नागरिकताको सक्कली प्रमाण र प्रतिलिपी सहित आफै उपस्थित हुनु पर्ने निर्वाचन आयोगले जनाएको छ । 
तर जिल्लाका राजनैतिक दलहरुले भने श्रावण १ देखि १५ सम्मको समय उपयुतm नभएको जिकिर गरेका छन् । जिल्ला सदरमुकामबाटै मतदाता नामावली संकलन गर्ने निर्वाचन आयोगको निर्णय सच्चाउन माग गर्दे पाल्पाका राजनैतिक दलहरुले त्यसमा पुर्नविचार गर्न माग गरेका छन् । 
नेपाली काग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुतिm लगायतका पार्टीले गाउँ गाउँमा पुगेर मतदाता नामावलीको काम हुनुपर्ने माग गरेका छन् ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal