मास्टर मित्रसेनको बारेमा थप कुराहरु

shreenagarfm

निर्मल श्रेष्ठ 
“बीच बजारमा आठ कुने ढोका
तानसेनको शीतलपाटी २
सम्झदा धरकिन्छ छाती,
धर धर............... 
सम्झदा धरकिन्छ छाती
तानसेनको शीतलपाटी
बीच बजारमा .........
चौगिर्दा रिङ्तै चुरौटे पसल
पोते र डोरी भ्mल्किन्छ झल्झल्
किन्नु होस छांटी छांटी
यही वेला हो 
किन्नु होस बैनी छांटी छांटी
यही वेला हो
किन्नु होस बैनी छांटी छांटी
तानसेनको शीतलपाटी
बीच बजारमा..........
उ हेर नानी चीफसाहेवको दरबार
रमाइलो रहेछ तानसेनको बजार
नहिड्नु राती राती, नछोडिगए
नहिड्नु नानी राती राती, नछोडिगए
नहिड्नु नानी राती राती
तानसेनको शीतलपाटी
बीच बजारमा...... 
तन्नेरीहरु बुलबुले लर्काई
हिड्छन टर्च बिजुली झल्काई
नजर नडुलाउ माथि,पर्लाउ फेला
नजर नडुलाउ माथि माथि, पर्लाउ फेला
नजर नडुलाउ माथि माथि
तानसेनको शीतलपाटी
बीच बजारमा.........२”
त्यसताकाको तानसेनको परिचय र अनि प्रणय खामिएको मास्टर मित्रसेनले गाएका गीत अहिलेका युवाहरुले सुन्ने अवसर मिलेन तर साठी÷सत्तरी बसन्त पार गरेका त्यसताकाका युवा मनहरुलाई भने ग्रामोफोनबाट झङ्कृत हुने मास्टर मित्रसेनका यस गीतले चपक्क छोएको थियो । तर...
“...किन गर्छौ तानातानी मानामानी, दुई दिनको छ जिन्दगानी
 माटो यो देह बनेको, पापकर्मले रहेछ जनेको
 राम्रो भनि यल्लाई किन भनेको पातमाथिको पानी–
 बतासले उडाई लैजाने.......
 किन गर्छौ तानातानी मानामानी, दुई दिनको छ जिन्दगानी”
भक्तिरसले ओतप्रोत भएको हार्मोनियमको धुन र तबलाको थापसँगै मुजुराको छुन् छुन्ले भक्तहरुको कर्णपटमा स्पर्शित हुँदै, जीवन र जगत ता मित्थ्या रहेछ भन्ने बैराग्य पैदा गर्ने यस भजन साथै
“...अवतार भएर जगतमा आउ“छौ
 आप्mनो भक्तलाई दर्शन देखाउ“छौ 
 बरालको झुप्रोमा कहिले आउँछौ
 प्रेम निभाउने तिमी कहाँ छौ....” भन्ने बोलका भजनहरु आजकल पनि जब अमरनारायण मन्दिरमा गुञ्जन थाल्छ, तब प्रेमरस हरेक भक्तहरुका मनमा छचल्किन थाल्छ । यी भजनहरुले अहिले पनि भक्तहरुको मनलाई हृर्दयस्पर्शि रचनाका रचनाकार र स्वरका धनि मास्टर मित्रसेनसँग जोड्ने गर्छ ।
 
 
 
 
 
 
 
यहाँसम्म आई पुग्दा यी रचनाहरु बहादुर सिंह बरालका हुन वा मित्रसेनका हुन भन्ने विषयमा विवाद पनि सिर्जना भएको छ । बहादुरसिंह बराललाई चरितनायक बनाइएको पुस्तकमा धेरै जसो रचनाहरु बरालको भएको र केही रचना मात्र मित्रसेनका हुन भन्ने कुरा उल्लेख छ भने मास्टर मित्रसेनलाई चरितनायक बनाइ लेखिएका पुस्तकहरुमा बहादुरसिंह बरालबाट मास्टर मित्रसेनको रचना शोषणमा परेकोे उल्लेख छ । यी विवादको कुरालाई यहीँ थाति राखी, सत्य तथ्य कुरालाई पर्खदै लोकभाकामा आधारित लोकगीतलाई मलजल गरी लोकगीतलाई रुचिकर बनाउनुमा साँगीतिक सहयात्री मास्टर मित्रसेन र बहादुरसिंह बरालको भूमिकालाई नकार्न सकिदैन । पाल्पाको साँगीतिक फाँटमा मित्रसेनले खेलेको भूमिकालाई मनन गरी मास्टर मित्रसेन पाल्पाली हुन भनेर कलमका मसी पनि पोखिएकोे पाइन्छ । मास्टर मित्रसेनको जन्म र पुख्र्यौली थलोको विषयमा पाल्पालीले मात्र होइन् विपिनदेव ढुङ्गेलले मास्टर मित्रसेनको जन्म पाल्पामा भएको भनि बताएका छन् भने कृष्णविलास पौडे्यालले मास्टर मित्रसेनकोे पुख्र्यौली घर गुल्मी भन्न भ्याएका छन् । तर प्रदीप थापा मगरको स्पातिलो कलम, हर्षबहादुर बुढा मगरको परिचयात्मक विवरण र नेपाल फिलाटेलिक व्यूरोबाट प्रकाशित मास्टर मित्रसेनको हुलाक टिकटले अन्ततः मास्टर मित्रसेनको खास नाम मित्रसेन सिंजाली थापा मगर र उनको जन्म २९ दिसम्बर १८९५ मा भाग्सू छावनी, धाराखोलानेर (तोतारानी नजिक) धर्मशालामा भएको भन्ने उजागर भएपछि मास्टर मित्रसेनको जन्म पाल्पामा भएको भन्ने तर्क स्वतः निराधार हुन पुगेको छ । 
मास्टर मित्रसेनको पुख्यार्ली घर तत्कालीन बाग्लुङ जिल्ला (राखुपुल्ला), हाल पर्वत, राखुखोला, नेपाल हो । यिनका बाजे सुन्द्रु थापा मगर राज्यविस्तार अभियानमा बडा काजी अमरसिंह थापासँग पश्चिमतिर लागेका थिए । यिनी सतलज पारी राजा संसारचन्दको काँगडा किल्लालाई गोर्खाली फौजले सन् १८०५ देखि १८०९ सम्म धेराबन्दीमा राख्दाको बखत सन्द्रु थापा यसै फौजमा संलग्न थिए । संसारचन्दको दासताबाट मण्डी, सुकेत, कुटलेड, जस्ता पहाडी राज्यहरु संसारचन्दबाट मुक्त भएपछि चम्बा र गुलेरका राजाहरु गोर्खालीस“ग मिल्न आए । संसारचन्दका सेनामा भर्ना भएका पेशावरी, लाहुरे, जबमूका डोग्राहरु, काश्मीरी, सिख, मुगल, पठान र युद्धप्रिय रोहिल्लाहरु भयभीत भएर भागे । यति हु“दा पनि का“गडा किल्लालाई अझ आप्mनो कब्जामा गोर्खालीले लिन सकेको थिएनन् । संसारचन्द किल्ला भित्र नै थिए । कर्णेल उजीरसिंह थापाका बाबु नयनसिंह थापाले काँगडा किल्ला माथि विजय गर्न दोश्रो पटक हमला गरे । त्यसबखत किल्लाको मूलढोका बन्द थियो तर अचानक किल्ला भित्रबाट तोपको गर्जनाका साथै एउटा गोला आएर नयनसिंहलाई लाग्यौं । घाइते भएका नयनसिंह थापाको तीन दिनपश्चात् निधन भयो । काँगडाको किल्लामा गोर्खाली फौजले अन्तिम हमला गर्ने लक्ष्य राखेको वेला, पञ्जाबका राजा रणजितसिंह बृहत्तर सिख राज्य स्थापना गर्ने तुनामा थिए । संसारचन्दलाई बाध्य पारी काँगडा किल्ला रणजितसिंहलाई सुम्पने सर्तमा गोर्खाली विरुद्ध उनी लागे ।
 
 
 
 
 
 
 
 
पहिले गणेश घाँटी, त्यसपछि गोरखा टिला र आखिरी युद्ध मालकण्डामा घमासान युद्ध भयो । युद्ध परिणाममूखी नभएकोले २४ अगस्ट १८०९ का दिन युद्ध सन्धिमा टुङ्गियो । बडा काजी अमरसिंह थापा र उनका फौजहरुले का“गडा किल्ला रणजितसिंहलाई बुझाई सतलज वारी फकिनु प¥यो । राज्यविस्तार अभियानमा गोर्खालहिरको रणकौशल, धीरता र वीरतालाई अगाडि सार्दै सतलजसम्म पुगेका गोर्खाली सेनाले काँगडाको किल्लालाई रणजितसिंहलाई बुझई फर्कदा गोर्खाली फौजका प्रत्येक जवानले गहभरि आँशु बोकेका थिए । धेरै गोर्खालीहरु काँगडा किल्लाभन्दा केही माथिल्लो थुम्को धर्मशाला आई बसोबास गरेका थिए । अहिले पनि धर्मशालाको नजिक “थापा गाउँ” रहेको यु.एम.हस्पिटलका मोहनसिंह थापा बताउनु हुन्छ । त्यसबखत मास्टर मित्रसेनका बाजे सन्दु्र थापा पनि त्यतै छुटे । गोर्खाली फौजसँग धेरै पटक युद्धमा आम्नेसाम्ने भएका अक्टरलोनी गोर्खालीसँग प्रभावित भएर पश्चिम क्षेत्रका सेनाध्यक्ष बडा काजी अमरसिंह थापाका बीच १५ मई १८१५मा गरेको सम्झौतामा गोर्खाली जवानहरुलाई कम्पनी सेनामा भर्ती हुन सक्ने सर्त पनि समावेश गरिएको थियो । यसै अनुसार सन् १८१५ मा नै उतै छुटेका ४६५० गोर्खाली जवानहरुबाट प्रथम, द्वितीय, नर्सरी बटालियनहरु र सिरमौर बटालियन अँग्रेजहरुले खडा गरेका थिए । यसको साथै चौथो बटालियन कुमाउँ बटालियन पनि खडा गरिएको थियो । यति मात्र कहाँ हो र ? पंञ्जाबकेशरी रणजितसिंह पनि गोर्खाली फौजबाट प्रभावित भएर आप्mनो फौजमा गोर्खालीहरुलाई स्वागत गर्न पछि परेनन् । खालसा सेनामा बडा काजी अमरसिंह थापाको छोरीका छोरा बलभद्र कुँवर लगायत बडा काजी अमरसिंह थापाका छोरा नातिहरु समेत भर्ती भएका थिए । यही“बाट लाहुरे प्रथाको थालनी भएको थियोे ।  
२९ दिसम्बर १८९५मा जन्मेका मित्रसेनकोे आठौं कक्षामा पढ्दा पढ्दै सन् १८११ मा कलावती थापा मगरसँग विवाह भयो । सोह्र वर्ष पुगेपछि आप्mनो बाबु बाजेको पल्टन १÷१ गोर्खा राइफलमा भर्ना भई रङरुट तालिम गरेपछि सिग्नल प्लाटुनमा दरवन्दी कायम भएको थियो । सन् १९१४ मा प्रथम विश्व युद्ध शुरु भएपछि उनी फ्रान्सको युद्धभूमि र मेसोपोटामिया गई टर्कीको फौज विरुद्ध युद्धमा भाग लिएका थिए । औपचारिक रुपमा सन् १९१८ को ११ नोभेम्बरको दिउँसो ११ बजेर ११ मिनेट ११ सेमेन्ड जाँदा प्रथम विश्व युद्ध समाप्त भयो । सन् १९२०मा भारत फर्के पछि विश्व युद्धकोे विभिषिकालाई नजिकबाट नियाँलेका मित्रसेनले भारत फर्केपछि सेनाबाट स्वअवकास लिए । तर बहादुरसिंह बराललाई चरित नायक बनाइ लेखिएको पुस्तकको संम्पादकले अनुशासनहीन काम गरेबापत मित्रसेन निस्कासनमा परेका हुन भनी लेखेका छन् । सेनाको जागिरमा छँदा मित्रसेनलाई आर्थिक सङ्कट थिएन तर जागिर छोडेपछि मित्रसेनलाई आर्थिक विपन्नताले घेरेको देखिन्छ । यस्तो अवस्थाको किन जाजिर छोडे भन्ने जिज्ञासा उठनु स्वभाविक हो । आर्थिक सङ्कटको सन्दर्भले “नाम कटुवा”मा परेको भन्ने कुरालार्ई अलिक नजिक पु¥याएको भान हुन्छ । यस कुरामा अझ सत्य तथ्यको खोजी हुने नै छ । 
जागिर छोडेपछि साझेदारीमा किराना पसल चलाइ जीवनयापन गरी बसेका मित्रसेनलाई सन् १९२२ मा दुःखत घटनाको सामना गर्नु प¥यो । पहिलो पत्नी कलावतीको कोखबाट जन्मेका छोराछोरी काकु, लुरी र कालाको हैंजाबाट मृत्यु भयो भने कलावतीको पनि सन् १९२३ मा मृत्यु भयो । विरक्त भएर समाजसेवामा लागेका मित्रसेनले सन् १९२५ मा लाजवन्ती सूर्यवशी थापा मगरसँग दोश्रो विवाह गरे । लाजवन्तीको कोखबाट सन् १९२६मा छोरा दिग्विजय थापाको जन्म भयो । आर्थिक समस्या भोगेको कुराहरुको फेरिहस्त “मित्रको डायरी”मा हेर्न सकिन्छ । आर्थिक सङ्कटको कारण सन् १९४४मा आप्mनो घरबारी नै बेचविखन गर्नु पर्ने अवस्था सिर्जना भयो । तर मास्टर नत्थुराम बोगटीको सकृयतामा घर भाडामा दिएर एक मुष्ठ रकम उठ्दा मित्रसेन ऋणमुक्त भए । अहिले पनि पाँच कट्ठा जमिन र सो जमिन भित्र बनेको “मित्रझुप्रो” तोतारानी गाउँमा अझसम्म विद्यमान छ । आर्थिक अवस्था केही सुध्रिएपछि सपरिवार आमा राधा थापा मगर, पत्नी लाजवन्ती र छोरा दिग्विजय सहित “सत्संग प्रचारिणी सभा”सँग जोडिएर समाज सुधार र जाति सेवामा मित्रसेन लागेका थिए । जातिय जागरण र लोकभाकाका गीतका कुटुरो बोकेर भारतका विभिन्न ठाउँ लगायत नेपालमा पनि पटक पटक आएका थिए । 
 
 
 
 
 
 
 
पहिलो पल्ट आप्mनो पुख्र्यौली भूमि नेपालको बाग्लुङ् हँुदै पाल्पा आउँदा यहाँको समाजमा रहेको दुर्दशालाई नजिकबाट छामेका मित्रसेनलाई यस कुराले चपक्क छोएको थियो । संस्कृतिका धनि यी वीर नेपाली जातिको विकास र पहिचान गराउने उद्देश्य लिएर, यस जातिको उत्थानमा मित्रसेन लागि परेका थिए । दोश्रो पटक सन् १९३३ मा बहादुरसिंह बराल, दिलीप, पृथ्वीध्वज लगायत विभिन्न व्यक्तिहरुलाई साथमा लिई गायन, बादन र नर्तकका माध्यमबाट नेपाली संस्कृतिको प्रचार प्रसार गर्दै पाल्पा आएका थिए । यस समूहलाई त्यसताका “बराल मण्डली” भन्ने गरिन्थ्यो । 
मास्टर मित्रसेन अन्तिम पटक पाल्पामा सन् १९४४ सेप्टेम्बर महिनामा आएका थिए । जहिले पनि भ्रमण गर्दा आमा, पत्नी र छोरा साथमा लिएर हिड्ने मित्रसेन रिडीमा गई कालीगण्डकीमा स्नान गरी नौतनवा फर्किने कार्यक्रम अनुसार १ अक्टोबर सन् १९४४ तद्अनुसार १६ असोेजका दिन तानसेनको नयाँ पाटीमा आई पुग्दा उनी विमारी परेका थिए । भोली पल्ट जेनतेन तानसेन आएर मेजर भुपेन्द्र विक्रमको आतिथ्यमा रही त्यहाँबाट रिडी पुगेका मास्टर मित्रसेनकोे त्यहाँ ठूलो स्वागत भयो । रिडीमा उनले कार्तिकको हरिबोधनी एकादशीका दिन ऋषिश्वर तीर्थ महात्म्यको विषयमा पौराणीक तथ्यमा आधारित नाटक तयार गरी रिडी बजार र ऋषिश्वर मन्दिरमा मञ्चन गरेका थिए । उनी सपरिवार रिडीमा एक महिनासम्म बसेर नौतनवा फर्केका थिए ।
नेपालका विभिन्न ठाउँमा घुमेर नेपालबाट फर्किने वेलामा मास्टर मित्रसेनको स्वस्थ्य प्रतिकुल बन्दै गएको थियो । सन् १९४६ मार्च महिनामा लामो प्रवासपछि घर तोतारानीमा फर्केको दुई हप्तापछि सन् १९४६ को अप्रेल महिनाको ९ तारिखका दिन मास्टर मित्रसेनले यस संसारबाट अनन्तविश्राम लिए । उनको मृत्युपछि भाग्सुका स्थानीयहरुबाट तोतारानी गाउँमुनि पारीपट्टि चाँदमारीको जंगलमा लगेर मित्रसेनलाई समाधिस्थ गरिएको थियो । 
यसरी नेपालीहरुको उत्थान एवम् लोकगीतको माध्यमबाट नेपालीलाई चिनाउन लागि पर्ने मास्टर मित्रसेनको पाल्पा र पाल्पालीहरुसँग भावनात्मक सम्वन्ध रहेको छ । पाल्पाको विभिन्न ठाउँको परिचायात्मक गीतहरु, नाटक मञ्चन गरेका मास्टर मित्रसेनलाई भारतका विभिन्न संघ संस्थाहरुले सम्मान गर्नुका साथै मित्रसेनस“ग सम्वन्धि विभिन्न साहित्यहरु प्रकाशनमा ल्याएका छन् । साथै नेपाल सरकार, तत्कालीन श्री ५ को सरकारले मास्टर मित्रसेन भारतमा जन्मेर पनि आप्mनो पुख्र्यौली थलो नेपाल र नेपालीहरु प्रति साँङ्गितिक फाँटमा पु¥याएको योगदानको कदर गर्दै सन् १९९९ नवम्बर २० तारिखका दिन व्यक्तित्व टिकटमाला जारी गरी, प्रथम दिवसीय आवरणमा टाँचा लगाएर मास्टर मित्रसेनको रु १ को नेपाल हुलाक टिकट चलन चल्तीमा ल्याएको छ । अहिले पहिचान र अखण्ड नेपालको कुरा उठिरहेको बखत राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत र संगीतको माध्यमबाट राष्ट्र र राष्टिूयतालाई सम्वद्र्धन गर्दै नेपालीलाई एउटै मालामा उन्नु छ । 
“छत्रे टोपी झम्काई खुकुरी चम्काई
केटा–केटी स्वास्नी जम्मै घरको माया मारी
भोकभोकै लडी हिड्छन् बैरी चहारी चहारी
भी.सी. पाई नाम कमाई किरीच धिसारी
छत्रे टोपी झम्काई खुकुरी चम्काई 
लाहुरे पुगे रेलिमाई बैरीसँग लड्नुलाई” मास्टर मित्रसेनका यी गीतलाई सापटी लिंदै मित्रसेन प्रति श्रद्धा सुमन । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal