प्रेम र ‘एर्गो–रिलिजन’ साँस्कृतिकसँग जोडिएको ‘लाखेंय्’ र ‘लाखे नाच’

shreenagarfm

 
                                                                         –निर्मल श्रेष्ठ
नेपाल बहुजाति, बहुधार्मिक र बहुसाँस्कृतिक देश हो । आ–आप्mनै संस्कृति र संस्कार, परम्परा, रीति–रिवाज, रहनसहन, जात्रापर्व, नाचगान आदि विशेषताले भरिपूर्ण छ । मूर्त र अमूर्त साँस्कृतिक सम्पदाको पउलताले नेपाल साँस्कृतिक इन्द्रधनुषिय मिलनबिन्दुको रुपमा प्रसिद्ध छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवम् पर्यटकीय रुपमा ‘पाल्पा’ जिल्ला पश्चिम नेपालको प्रसिद्ध स्थल हो । खसकाल, मगराँत, सेनकाल र शाहकालका साँस्कृतिक धरोहरहरु कुनै न कुनै रुपमा  पाल्पाका खोलाटोला, गाउँबस्ती, डहर र मझेरीमा आजसम्म जीवन्त रही आएको छ । मगर, आर्यन, नेवार आदिका संस्कृति, रीति–रिवाज एवम् रहनसहनको इन्द्रधनुषिय मिलन बिन्दू पाल्पा बनेको छ । विभिन्न जातजातिहरु मध्ये पाल्पामा बसोबास गरिआएका नेवार जाति पनि एक हो ।
सेनकालदेखि नै पाल्पामा आई बसेका नेवारहरु काठमाडौं खाल्डोबाट पाल्पा आउँदा आपूm मात्र आएका थिएनन्, आपूmसँग आप्mना संस्कृति, रीति–रिवाज, लवाइखवाइ जस्ता आप्mना पहिचान पनि साथमा लिई आएका थिए । जुन नेवारी संस्कृतिलाई पाल्पामा हुने जात्रा, नाच गान, साँस्कृतिक रीति–रिवाजको रुपमा देख्न पाइन्छ । त्यसमध्ये साँस्कृतिक धरोहरको रुपमा रही आएको साँस्कृतिक नाच ‘लाखे नाच’ पनि एक हो । 
नेपालको खोटाङ, धनकुटा, धरान, भोजपुर, नुवाकोट थर्पु, टोखा, नारायणघाट, गुल्मीको रिडी, लगायत नेवारहरुको बाकुलो बसोबास रहेको पाल्पामा पनि “लाखे नाच”को प्रचलन रहेको छ ।
 
 
 
 
 
पाल्पाको सदरमुकाम तानसेन लगायत भैरवस्थान, ताहुँ, नायर, बग्नास आदि ठाउँमा ‘लाखे नाच’को प्रचलन रहेको छ । केही समय अधिसम्म राम्रै उपस्थिति रहेको “लाखे नाच” एकातिर साँस्कृतिक साम्राज्यवादको अतिक्रमण र अर्कोतिर आप्mनै संस्कृति प्रति नयाँ पुस्ताको उदासिनताले हाम्रा जीवनसँग साटिएका साँस्कृतिक धरोहरहरुको रुपमा रहेको “लाखे नाच” हराउँदै गएको छ । पाल्पाका केही स्थानहरुमा ‘लाखे नाच’को प्रचलन अभैm पनि रहेको छ, तर पातुलोे छ । ‘लाखे नाच’को लागि नामुद ठाउँहरु पाल्पाको तानसेन लगायत नायर, बग्नास, पाल्पा भैरवस्थान, हार्थोक, रिडी आदि हुन भने लाखंय्े भएर नाच्नेमा अहिले पनि सम्झिरहने नाम ‘राम बहादुर लाखेय्’ हुन् । अहिले ‘लाखे नाच’ र “लाखेय्”हरु इतिहासको पानामा कैंद हुग्ने अवस्थामा रहेको छ । ‘लाखे नाच’लाई निरन्तरता दिन, स्थायी स्रोतको अभावमा ‘लाखे नाच’ नचाउन र सँस्कृतिलाई वोगाउन संम्वन्धित संघ संस्था लगायत समूहहरुलाई हम्मे हम्मे परिरहेको छ । साँस्कृतिक धरोहरको रुपमा रहेको “लाखे नाच”लाई जोगाउन एकातिर स्थानीय तहको मुख ताक्नु पर्ने भएको छ भने अर्कोतिर व्यापारी, साना उद्योगी साथै औद्योगिक प्रतिष्ठानहरुको सधाइको खाँचो देखिएको छ । 
 
 
 
 
 
 
के हो त, यो “लाखे नाच” ? यो नाचले कुन विषयसँग अन्तरसम्बन्ध राखेको छ ? “लाखे नाच” कसरी हाम्रो संस्कृतिसँग जोडिएको छ ? यस विषयमा “लाखेंय् नाच” नचाउने आयोजकहरु पनि ‘लाखे नाच’ के हो ? भन्ने विषयमा अनभिज्ञ रहेको जस्तो देखिन्छ । यस विषयमा चर्चा गर्नु अघि “लाखे नाच” के हो ? यसको शुरुवात कहिलेदेखि भयो ? यस विषयमा चर्चा गर्नु मनासिब देखिन्छ ।  मानव विकाससँगै मानिसले जब शिकार युगमा जनावरहरुको शिकार गर्थे या कुनै एक कबिलाले अर्को कबिलालाई जित्थे त्यसबखत उनीहरु विजित हुँदाको वेला यति हर्षले गदगद हुन्थे कि त्यसवेला उल्लसित भएर केही बस्तुसँग बस्तु ठोकाएर गाउँन थाल्थे । त्यही बर्बर प्रसन्नताको परिणामबाट नै संगीतको उत्पत्ति हुन गयो र त्यसैबाट नृत्यकोे थालनी भयो । त्यस चिन्तनको सम्यक् स्पर्श प्राप्त भएपछि नै प्राचीनकालमा नै यस्तो एउटा पद्दतिको विकास हुन गयो । जुन विस्तारै विस्तारै गीत, नृत्य र वाद्यको संयोगले यस पद्दतिलाई “कला”को रुप दियो । यस पद्दतिमा “नाच”को ठूलो महत्व रही आएको छ । 
डरलाग्दो ख्वापा (मुखौडा) लगाएर नाच्ने प्रचलन धेरै जसो आदिबासी जनजातिहरुमा पाइन्छ । पश्चिमा देशहरुमा पनि त्यहाँका रैथाने आदिबासीहरुमा यस प्रकारको प्रचलनहरु नरहेको होइन ।  भारतको विभिन्न राज्यहरु तमिलनाडू, केरेला, मिजोरम, नागालायण्ड, अरुणाञ्चल प्रदेश, कर्नाटक आदि ठाउहरुँमा ख्वापा (मुखौटा) लगाएर नाच्ने प्रचलन रहेको छ । ती नाचहरु धार्मिक रीति–रिवाजसँग जोडिइएको देखिन्छ । सिक्किम राज्यमा बौद्धधर्मको परम्परा अनुसार नयाँ वर्षमा ‘चाम’ भनिने नाच नाच्ने प्रचलन रहेको छ । नेपालको खुम्बुका सेर्पाहरु त्यहाँका रैथानेहरु हुन, तिनीहरुमा बौद्ध परम्परा अनुसारको नाचको प्रचलन रहेको छ । जसलाई ‘मानि रिम्दु’ भन्ने गरिन्छ । यो नाच उनीहरुको नयाँ वर्षमा नाच्ने गरिन्छ । सिक्किममा नयाँ वर्षमा मनाइने ‘चाम’ नाचसँग खुम्बु थाङबोचेमा मनाइने ‘मानि रिम्दु’ नाचसँग समानता देखिन्छ । 
ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रुप भएको, कम्मरसम्म लट्किएको लामो लट्टा सहितको मन नै जिझिमिझि गराउने ख्वापा (मुखौटा) लगाएर कर्कश ध्वनि प्रतिध्वनित हुने बाजाको तालमा नाचिने ‘लाखे नाच’ नेवारी संस्कृतिसँग जोडिनुको साथै विश्वका विभिन्न ठाउँहरुमा प्रचलनमा रहेको “राक्षस नाच ”सँग जोडिएको नाच जस्तो देखिन्छ । तर लाखे नाचको कुरो बेग्लै छ । प्रेम प्रसङ्गसँग जोडिएको यस ‘लाखे नाच’को किवन्दति अचम्मको छ । त्यो कथा अपत्यारिलो जस्तो लाग्छ । तर कथासँग जन जनको मनलाई आस्था र विश्वासले भने चपक्क पारेको छ । कथा यस्तो  छ ः एक जना खेतीवाल खेतमा काम गर्न जाँदा एक जना युवकले खेतीको काममा सधाइ दिंदो रहेछ । खेतमा काम गर्दा अर्नि खाने वेलामा त्यस युवकलाई पनि अर्नि खाउँन भन्दा मसँग छ भनी ला (मासु), खेंय्   (अण्डा) आप्mनो पोकाबाट निकालेर खाँदो रहेछ । एवम् रीतिले सदा आई खेतीकार्यमा मद्दत गरी ‘ला र खेंय्’ खाई जाँदो रहेछ । सदा “ला र खेंय्” खाने गरेकोले उनको नाम “लाखेंय्” रहन गएको रहेछ ।
 
 
 
 
 
 
 
त्यस खेतीवालको एउटी सुन्दरी छोरी रहेछ । आमा बाबु खेतमा काम गर्न नगई छोरीलाई मात्र पठाउँदा खेतमा कामको मेलो धेरै सर्दो रहेछ । यहाँसम्म कि सबै परिवार गई गरेको कामभन्दा दोब्बर काम हुँदो रहेछ । ‘लाखेंय’् आई खेतमा काम गर्दा गर्दै जाँदा ‘लाखेंय्’सँग खेतीवालको छोरीको प्रेम बसेछ । समय बित्दै जाँदै गर्दा ‘लाखेंय्’ सित सम्बन्ध बढ्दै जाँदा खेतीवालको छोरीसँग राती आएर ‘लाखेंय’्ले भेट्दो रहेछ । टोलमा गाँईगुई चलेपछि टोलका मानिसहरुले केटीको बाबुलाई यो कुरा सुनाएछन् । 
एकदिन राती चियो गर्दा ‘लाखेंय’् आई आप्mनो छोरीसँग बसिरहेको देखेपछि टोलका छिमेकीहरुसँग गई, काठमाडौं चिकंमुगलका राजालाई लिएर आई ‘लाखेंय्’लाई बाधेछन् । ‘लाखेंय’्ले आप्mनो यथार्थ कुरा लुकाउन नसकि आप्mनो मनको कुरा पूmकाएछ । ‘मलाई बाँधेर नराख्नु होला । तपाईको छोरीले नदेख्ने डोरीले मलाई बाँधिसकेको छ । तपाईहरुले बाँधेको यो डोरीलाई मैले चँुडाल्न पनि सक्छु । तर तपाईको छोरीले बाँधेको डोरीलाई मैले चुँडाल्न सक्दिन ।’ ‘तपाईहरुले जे जे भन्नु हुन्छ त्यो मैले मान्छु ’ भने पछि राजाले ‘लाखेंय्’को जिम्मा लिएपछि लाखेंय्लाई बन्धन पूmकाएर सबैको बीचमा राखेछन् । त्यसपछि राजालाई ‘म तपाईसँग डराउँछु’ भनेर लाखेंय्ले भने छन् । लाखेंय्को कुरा सुनेर राजाले ‘किन मसँग डराउने’ भन्दा ‘जस्ले माया गर्छ, उसँग डराउनु पर्छ’ भनि लाखेंय्ले भनेछ । 
त्यसो भए ‘पहिले जस्तै यताउताका बच्चाबच्चीलाई टिप्दै खान पाउँदैनौ’ भनेर राजाले भने पछि लाखेंय्ले ‘हुन्छ’ भनी भने छ । ‘हामीले अह्राएको काम पनि गर्छौ ?’ भनी सोध्दा त्यो पनि लाखेंय्ले ‘हुन्छ’ भनी भने छन् । त्यसो भए हामीले ताली बजाउँछौ तिमि नाच भनेपछि लाखेंय् नाच्न थालेछ । त्यसपछि लाखेंय्लाई वर्षको एउटा राँगो दिने गरी लाखेंय्लाई घर ज्वाइँ बनाई राखे छन् । अनि टोलका बच्चाबच्चीको रखवारी र टोलको सुरक्षा गर्ने जिम्मेवारी लाखेंय्को भएछ । लाखेंय्को कार्यबाट प्रभावित भएर सबै टोलका मानिसहरु उनको प्रिय हुन गएछन् । 
त्यसबखत मजिपाटको नजिक मखन, इन्द्रचोक र त्यसको वरिपरि चण्डी र कुमार नामका दुई जना सवभक्कुहरु रहेछन् । तिनीहरुले टोलमा रहेको पोखरीमा पालिएको माछा खानुको साथै प्रत्येक दिन एक एक जना पालै पालो एक जना मानिस उनीहरुको अगाडि गएर मर्न तयार हुनु पर्दो रहेछ ।  
 
 
 
 
 
 
समय बित्दै गयो, क्रम चल्दै गयो । टोलका मानिसहरु घट्दै जान थालेछ । मजिपाटको लाखेंय्ले त्यहाँका टोलका मानिसको रक्षा गरिरहेको थाहा पाए पछि कि सवभक्कुले की हामी सबैलाई मार्लान या सबभक्कुलाई समाप्त गर्नु पर्छ भनी मजिपाटको लाखेंय्सँग हारगुहार मागौं भन्ने सल्लाह गरी मजिपाटको लाखेंय् कहाँ पुगेर सहयोगको लागि रोई कराई गरेछन् । सबै कुरा सुनी लाखेंय् एकै चोटि जोसमा आएर ‘ल हिंड ! मलाई देखाई देओ’ भनी तिनीहरु सबैलाई साथमा लिई इन्द्रचोक तिर लागेछ । सवभक्कुलाई भेटे पछि मुक्का मुक्की भएछ । लाखेंय्ले भीमसेनको रुप धारण गरी तिनीहरुलाई वीष्णुमती पारी हुत्याई दिएछन् । त्यहाँबाट सवभक्कु भागेर हलचोकको आकाश भैरवको शरणमा पुगेछन् । आकाश भैरवले सवभक्कुलाई बायाँ हातले च्यापेर दायाँ हातको खड्ग देखाएर तिनीहरुको संरक्षण गरे छन् । त्यसपछि पनि सवभक्कुलाई देख्ने वित्तिकै लाखेंय्ले हमला गर्न थाल्दो रहेछ ।  लाखेंय्को बाजा सुन्नासाथ सवभक्कु भाग्ने गथ्र्यो । यो प्रचलन अझ पनि रही आएको छ । काठमाडौंमा ‘भक्कु’ भने भैm पाल्पामा ‘भुच्चा’ भन्ने गरिन्छ । पाल्पामा भुच्चाले लाखेंय्लाई जिस्क्याउने गर्छ र लाखेंय्ले भुच्चालाई लखेट्ने गर्छ । 
राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई मजिपाटबाट लाखेंय् र हलचोकबाट इन्द्रजात्रामा सवभक्कुलाई ल्याउने प्रचलन रही आएको छ । लाखेंय्ले सवभक्कुलाई चुट्ने कामलाई ‘भक्कुमार’ भन्ने गरिन्छ । आज पनि कसैलाई बेसनी चुटियो भने त्यो चुटाईलाई ‘भक्कु चुटाई’ भन्ने गरिन्छ । यो शब्द ‘भक्कुमार’बाट आएको शब्द हो । 
‘लाखेंय् नाच’को प्रचलन काठमाडौंबाट बाहिरिएका नेवारहरुको बसोबास रहेको धेरै जसो ठाउँहरुमा रहेको छ । तर भक्तपुर र ललितपुरमा यसको प्रचलन नभएतापनि दक्षिणकाली फर्पिङ लगायत काठमाडौं बाहिर काठेतिर ‘लाखेंय् नाच’को प्रचलन रहेको छ । दक्षिणकाली फर्पिङतिर गाईजात्राको भोलीपल्ट गणेश, कुमारको जात्रा हुने गर्छ, त्यसको भोली पल्ट धान रोप्ने (वाँ पिएगु), त्यसको भोलीपल्ट धान काट्ने (वाँ धेनेगु), गुणा देवँ (खेतीपातीको देउता) को जात्राको चौथो दिनदेखि पाँच दिनसम्म नौ दिन (गुन्हू) “लाखेंय् नाच” हुने गर्छ । 
‘लाखेंय् नाच’ दुई प्रकारको हुने गर्छ । ‘येला लाखेंय्’ येला शुक्ल द्वादशीदेखि येला कृष्ण चौथी अर्थात् आठ दिनसम्म (सेप्टेम्बर महिना) नचाउने गरिन्छ भने ‘गुंला लाखेंय्’ गुन्हिपुनी (जनैपूर्णीमा÷रक्षाबन्धन) पछि (अगष्ट महिना) केही दिन नचाउने गरिन्छ । ‘येला लाखेंय्’ येला महिनाभरि पनि नचाउने चलन छ । यही समयमा नाच नचाउनु पर्छ भन्ने कुनै नियम छैन । पाल्पामा गाठेमंगल (घण्टाकर्ण)को दिनदेखि ‘लाखेंय् नाच’ शुरु भएर कृष्ण जन्माष्ठमीको राती रणउजीरेश्वरी भगवतीमन्दिरमा रहेको महिषासुरमर्दिनी रणउजीरेश्वरी भगवतीको मूर्ति अगाडि राँगोलाई लाखेंको ख्वापा लगाइदिएर मारे पछि ‘लाखे नाच’को विसर्जन हुने गर्छ । आजकाल पनि भैरवस्थान, हार्थोक, रिडीका लाखे नाचहरु प्रसिद्ध छन् । सेनकालदेखि पाल्पामा लाखे नाच प्रचलन रहेकोे बलियो संभावना छ, किन भने सेनहरुबाट राज्य संञ्चालन भएको पाल्पाराज्य, नेपाल अधिराज्यमा विलय हुनु अधि नै काठमाडौ. खाल्डोबाट तानसेन नगरको स्थापना पूर्व नेवारहरु हालको रिब्दीकोट गाउँपालिका वडा नं. ४ पाल्पा भैरवस्थान (राणकालीन खड्लुक पाला) मा सेनकालदेखि नेवारहरुको बस्ती रहेकोले “लाखे नाच”को प्रचलन पाल्पामा सेनकालदेखि हुने गरेकोे पुष्टि हुन्छ । प्रेम र कृषिसँग जोडिएको ‘लाखेंय्’ र ‘लाखे नाच’ ‘एर्गो–रिलिजन’ साँस्कृतिक धरोहरको प्रतिनिधि संस्कृतिसँग जोडिएको छ । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal