१२ बर्ष पछि जिल्ला प्रशासन आफ्नै भवनमा

सुनिल कार्की 
पाल्पा, फागुन २४ 
१२ वर्ष पछि जिल्ला प्रशासन कार्यालय पाल्पाले आफ्नै  भवनबाट सेवा शुरु गरेको छ । २०६२ सालको माघ १८ गते तत्कालिन विद्रोही माओबादीले  सदरमुकाम तानसेन आक्रमण गर्दा जिल्ला प्रशासन रहेको पाल्पा दरबार ध्वस्त भएको थियो । जिल्लाकै  ऐतिहासिक र पुरातात्विक महत्व बोकेको पाल्पा जलेर भड्किएपछि वालमन्दिरको स्वामित्वमा रहेको विद्यालय परिसरमा टहरा बनाएर प्रशासन चलेको थियो । २०७१ सालमा ठेक्का सम्झौता भइ फागुनको पहिलो हप्ता निर्माण कार्य पुरा भए आफ्नै भवनबाट सेवा प्रवाह  सुरु भएको कार्यालयका नायब सुब्बा लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । 
दश रोपनी क्षेत्रफलमा निर्माण भएको तीन तलाको कार्यालय भवनमा १६ वटा कोठा छन् ।  भुकम्प प्रतिरोधात्मक र अपाङ्ग मैत्री भवन निर्माणका लागी ४ करोड ३८ लाख ८८  हजार रुपैयाँ खर्च भएको जिल्ला प्रशासनले जनाएको छ । 
वालमन्दिरको कक्षा कोठाबाट कार्यालय सञ्चालन गर्दा दुवै पक्षलाई अप्ठ्यारो भएको भन्दै प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले टहरामा कार्यालय चलाउदा पानी र मुसाले समेत समस्यामा पारेको बताउनुभयो । साना जिर्ण कोठा , टिनको छानाबाट पानी चुहिदाँ जनता र सरकारी  कागज पत्र जोगाउन निकै कठिन भएको प्रजिअ ढकालको भनाई छ । भवन निमार्ण पछि कागज पत्र समेत सुरक्षित भएको र सेवाग्राहीलाई बस्ने स्थान, शौचालय लगाएतका सुबिधा रहेको सहायक प्रमुख जिल्ला अधिकारी धु्रब बहादुर कुवरले जानकारी दिनुभयो । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal