प्रतिभा खोज्दै लोक आईडल

पाल्पा, फागुन २४ 
श्रीनगर सामुदायिक टेलिभिजन पाल्पाले आयोजना गरेको पाल्पा लोक आईडलमा स्थानिय प्रतिभाको खोजी भैरहेको छ । पौष १५ देखी सुरु भएको आईडलको अडिसन राउण्डमा २ सय २३ जनाको सहभागीता  थियो । पाल्पाका दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १ सय ३८ प्रतिस्पर्धीहरु छनौट भएका हुन् । बगनाशकाली बाट ११ जना, रिब्दीकोट ६, रैनादेवी छहरा १३, तिनाउ ७, रम्भा १८, पूर्वखोला ७, निस्दी ९, माथागढी गाउँपालिकाबाट १० , रामपुर २४ र तानसेन नगरपालिकाबाट ३६ जना प्रारम्भिक छनौटमा परेका छन् । बगनासकाली गाउँपालिकाबाट सुरु भएको आइडलको अडिसन तानसेन राउन्डसँगै सकिएको कार्यक्रम व्यवस्थापक बिष्णुप्रसाद घिमिरेले जानकारी दिनुभयो । पाल्पा लोक आईडलका उत्कृष्ठलाई एक लाख रुपैयाँसँगै गीत रेकर्डिङ्गको अवसर दिइने आयोजकले बताएका छन् । कार्यक्रम निर्देशक नारायण न्यौपानेले स्थान र अवसर नपाउदम लुकेर बसेका कला र गलाका प्रतिभा हरुलाई लोक आईडल बाट खोज्ने प्रयार गरिएको बताउनुभयो । कार्यक्रममा लोकगायक पुरुषोत्तम गैरे र प्रेम लामिछाने मगरले निर्णायकको भूमिका निर्वाह गरेका छन् । पाल्पा लोक आईडलको १० राउन्ड तानसेनमै सञ्चालन हुने र आगामी असार महिनाभित्रमा उत्कृष्ठ नवप्रतिभाको पहिचान हुने आयोजक श्रीनगर टेलिभिजनका कोषाध्यक्ष मुतिm प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal