स्थानिय स्तरमै रोजगारी सिर्जना गर्ने दायित्वको अभियान

भबिश्वर पौडेल 
पाल्पा, फागुन २४ 
 
स्थानिय स्तरमै रोजगारी सिर्जना गर्ने अभियानमा अघि बढेको
दायित्व नामक गैरसरकारी सस्थाले पाल्पामा पुन काम थालेको छ । 
युवा स्वरोजगारलाई जोड दिदै युवा उद्धमी छनौट गरी तालिम संचालन र आर्थिक सहयोग गर्दै आएको दायित्वले सरोकारवालाहरु संगको भेटघाट र छलफललाई निरन्तरता दिएको हो । युवा आज देशभरि युवा स्वारोजगारि भन्ने नारा लिएर दायित्व अघि पाल्पाका कार्यक्रम अधिकृत दिपक भट्राइले जानकारी दिनुभयो । 
 
डि ,एफ , आईडी र आई एल ओको सहकार्यमा नेपालका तीन जिल्ला पाल्पा, रुपन्देही र काठमाण्डौमा कार्यक्रम संचालन भएको हो । दायित्वले गएको सोमबार तानसेनमा आयोजना गरेको युवा स्वरोजगारी सम्बन्धी अन्र्तक्रियाका सहभागीले समेत बिगतका बर्षमा उसले गरेका कार्यका बारेमा प्रसंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालीकाका मेयर असोक कुमार शाहीले दायित्व संग हातेमालो गर्दै नगरपालीका अघि बढ्ने बताउनुभयो । अवसर खोज्दै दुई चार हजारकै लागी बिदेशीनु पर्ने युवाको बाध्यता चिर्न सरकारी निति स्पष्ट हुनुपर्ने भन्दै दायित्वलाई थप सक्रिय बन्न  शाहीले आग्रह गर्नुभयो । स्थानिय सरकार संग संगै हिड्न आग्रह गर्दै तानसेन नगरपालीकाका उपमेयर लक्ष्मी पाठकले महिलाको  अधिकार र रोजगारीमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । 
कार्यक्रमका सहभागीले राखेका जिज्ञासाको पाल्पा उद्योग वणिज्य संघका  अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, ग्रामिण आर्थिक बिकास संघ (रेडा ) पाल्पाका निर्देशक लिला बहादुर कार्की , तानसेन बहुमुखि क्याम्पसका सहप्रध्यापक पुष्कर राज  रेग्मी , महिला नेतृ गंगा पौडेलले जवाफ दिनुभएको थियो । दायित्वका कार्यकारी निर्देशक  डाक्टर  पुकार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा युवा स्वरोजगारका बारेमा पाल्पामा गरिएको संभाबना र चुनौतीका बारेमा दायित्वका अनुसन्धनकर्ता कौबिन न्यौपानेले जानकारी दिनुभएको थियो । 
कार्यक्रमका सहभागीलाई स्वागत गर्दे दायित्व यूवा स्वरोजगार कार्यक्रमका निर्देशक दिवा श्रेष्ठले आफु अमेरिकाको सुख सयल छोडेर नेपाली युवाकोे हितमा काम गर्ने अभियानमा लागेको बताउनुभयो । पशुपालनमा लागेर पाल्पामै सफल ब्यवशायीको रुपमा परिचित दुर्गा बहादुर खॉडले आफ्नो अनुभब सुनाउनु भएको थियो । दायित्व पाल्पाका कार्यक्रम अधिकृत दिपक भटराईको संचालनमा कार्यक्रम संचालन भएको थियो । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal