धार्मिक गन्तव्य बन्दै दर्लममहाकाली

पाल्पा, फागुन २४ 
 
बगनासकाली गाउँपालिका ५ दर्लमडाँडामा रहेको दर्लममहाकाली मन्दिर धार्मिक पर्यटकहरुको गन्तब्य बन्न थालेको छ ।  मन्दिरको प्रचारप्रसारमा बृद्धि भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढेको स्थानियले जनाएका छन् । 
प्रशिद्ध धार्मिक स्थल राम्दीधाम नजिकै रहेकोले पनि राम्दीबाट पैदलबाटै आन्तरिक तथा बाह्य पर्यटकले दर्लमकालीको अवलोकन गर्दै आएका छन् । 
 
बिक्रम सम्बत २०१० साल कार्तिक शुक्ल त्रयोदशीका दिन राति सपनामा श्री महाकालीले आकाशवाणीको रुपमा उपस्थित भई म यस स्थानमा, यस समयमा शिलाको रुपमा दर्शन दिनेछु र सोही शिलामा बिराजमान हुनेछु । अव उप्रान्त माटोको मूर्तिमा पूजा नगरी सोही शिलालाई नै पूजा आराधना गर्नु भनि एकै समयमा दर्लमडाडा पाल्पाका पदमपाणी गैरे र खानीछाप मलेङ्गका ज्योतिस हुमकान्त बश्याललाई दिक्षा  दिएको र हाल मन्दिर भएको स्थानभन्दा २ सय फिट पूर्वको सपाङ्दी भन्ने स्थानबाट दिक्षा अनुसार महाकालीको मूर्ति प्राप्त भई ल्याएर पूजा आजा गर्न थालिएको किंवदन्तीमा उल्लेख छ । 
मन्दिरमा वर्षेनी बृहत रथ यात्रा हुदै आएको छ । घर छाडेर बाहिर जानुपरे वा  कुनै शुभकार्य गर्नु परेमा महाकाली संग आर्शिवाद माग्ने र काम सिद्ध भएपछि बली चढाउने, रोट लैजाने र पूजा आजा गर्ने प्रचलन बढ्दै गएको छ । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal