शहिद तथा घाईते परिवारलाई सम्मान

पाल्पा, फागुन २४ 
 
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पाल्पाले जनयुद्धका शहिद तथा घाईतेहरुलाई सम्मान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी पाल्पाले जनयुद्धमा ज्यान गुमाएका तथा अंगभंग भएकाका घर  परिवारलाइ सम्मान गरेको हो । नेकपाका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले राज्यका लागि आफ्नो ज्यानको वलिदानी दिएका सहिदहरुलाई वेवास्ता तथा उनका परिवारलाई सरकारले समेत अपमान गरिरहेको आरोप लगाउनुभयो । नेकपा नवलपुरका जिल्ला ईन्चार्ज जुझारुले सहिदलाई सामान्य मानिसको रुपमा लिनु नहुने भन्दै देश परिवर्तनका लागि आफ्नो ज्यानको मायामारेर जनहितमा हिडेकाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभयो । पाल्पाका जिल्ला ईन्चार्ज सामनाले सहिदका सपना पुरा नभएसम्म आफुहरुको संघर्ष रहीरहने उद्घोष गर्नुभयो । 
जिल्ला सेक्रेटरी भुवन जि.सीले संर्घष जारी रहेकाले सहिदका सपनाहरु पूरा हुने बिश्वास लिनुभयो । जनयुद्धको संघर्षमा पाल्पाबाट घाईते तथा सहिद भएका ४२ घर परिवारलाई सम्मान गरिएको थियो । सहिद परिवारलाई महासचिव विप्लव द्धारा हस्ताक्षरीत सम्मान पत्र, फलपूmल तथा नगदसहित अविर लगाएर अभिनन्दन गरिएको थियो । कार्यक्रमको सञ्चालन  मिन आलेले गर्नुभएको थियो । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal