हराउदै घरेलु प्रविधि

पाल्पा, फागुन २४ 
 
 
आधुनिक प्रबिधि भित्रिदै गएपछि पाल्पाका ग्रामीण क्षेत्रमा परम्परागत घरेलु प्रविधि हराउदैछ ।  धान, मकै कुट्न, पिस्न प्रयोग हुने ढिकी–जाँतो,ओखल, उखु पेलेर खुदोँ निकाल्ने , अमिलो पेलेर चुक बनाउने, तोरीबाट तेल निकाल्न प्रयोग गरिने कोल हराउदैं गएका हुन् । हिजो आज नया प्रविधिका मेसिन प्रयोगमा आएपछि परम्परागत प्रबिधि लोप भएका हुन् । 
गाउमा पहिले देखिने ढिकी, जाँतो र ओखल अहिले प्राय सबै ठाउ बाट हराउदै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको तथ्याङ्कमा पाल्पाका 
८ गाँउपालिका  र २ नगरपालिकामा दुई सय भन्दा बढी धान कुट्ने मिल दर्ता भएका छन् । आधुनिक मिल सञ्चालन भए सँगै कुटानी र पिसानीमा प्रयोग हुने परम्परागत प्रबिधि हराउने अवस्थामा पुगेका छ । परम्परागत प्रबिधिबाट उत्पादित खाद्यान्न स्वास्थ्यका लागि समेत फाइदाजनक भएकाले यस्ता सामाग्रीहरुको संरक्षणका लागि आगामी दिनमा स्थानिय निकायले संरक्षणमा ध्यान दिनुपर्नेमा स्थानियको आग्रह छ । 
 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal