५५ घरपरिवार लाई जस्तापाता

shreenagarfm

दिपक भटराई 
पाल्पा, फागुन २६ 
पाल्पाको बगनासकाली गाउँपालिकाले  ५५ घरपरिवारलाई जस्तापाता बितरण गरेको छ । यही फागुन भित्र गाउँपालिका लाई खरको छाना मुक्त गाउँपालिका घोषणा गर्ने तयारी भएको गाउपालीकाले जनाएको छ । आर्थिक अवस्था कमजोर भएकालाई घर छाउनको लागी जस्ता पाता (टिन)  दिएको हो । 
गाउँपालिकाले एक घरको लागी  पहिलो क्वालिटीको ९ फुटे, २६ गेजको ३ बण्डल, २४ जस्ता पाता टिन निशुल्क प्रदान गरेको हो ।  
गाउँपालिकाले निशुल्क रुपमा वितरण गरेको जस्तापाता टिन घर घरमा धुवानी गरिदिएको छ । यही फागुन भित्र बगनासकाली गाउँपालिका लाई खरको छाना मुक्त गाउँपालिका घोषणा गरी सम्बृद्ध गाउँपालिका  बनाउने  गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो । यस बर्ष गाउँपालिकाको वडा नंं २ पोखराथोक, वडा नंं ४ खानीछाप, वडा नंं ५ दर्लामडाडा, वडा नंं ९ चापपानी लाई खरको छानामुक्त वडा घोषणा गरिएको अध्यक्ष बस्यालले बताउनुभयो । अव यी ४ वटा गाउँपालिकाको घरबस्तीमा सवै जस्तापाता टिनले छाएको घर रहेको छ । 
खरको छाना भएका घरहरु आगलागीको लागी जोखिम भएको, प्रत्येक बर्ष छाना परिवर्तन गर्दा घरधनीलाई अत्याधिक खर्च हुदै आएको, घरको लागी धेरै खर लाग्ने भएकोले पशुपालनमा समस्या देखिएकोले टिनको छाना लगाएपछि गाउँमा देखिएका यस्ता समस्या हट्ने बिश्वास गरिएको छ । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal