सरकारी निर्देशन नमान्ने कर्मचारीलाई कारबाही गर्छु ः मन्त्री केसी

shreenagarfm

पाल्पा, फागुन २६ 
 
५ नम्वर प्रदेशका आन्तरीक मामला तथा कानुन मन्त्री कुलप्रसाद केसीले 
सरकारको निति निर्देशन नमान्ने कर्मचारीलाई कारवाही गर्ने बताउनुभएको छ । 
नेकपा माओवादी केन्द्र पाल्पाले शनिवार दिउसो तानसेन स्थित श्रीनगर डाडामा आयोजना गएको जनयुद्धका सहिद, घाईते जेलनेल परेका कार्यकर्ता सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले   कर्मचारीतन्त्र पुरानै मानसिकतामा अल्झिरहेका हुदा काम गर्न अफ्ठेरो भएको बताउनु भएको हो । 
सरकारी निति र निर्देशन नमान्ने कर्मचारी  कारवाहीको भागीदार हुनै पर्छ, उहाले भन्नुभयो त्यस्तालाई कारबाही गर्न म पछि पर्दिन । 
सहिदहरुको त्याग र बलिदान बाट देशमा संघिय गणतन्त्र र संघियता कार्यन्वयन भएको बताउदै उहाले सहिदको सपना साकार पार्दै सम्बृद्ध नेपाल बनाउन भष्ट्राचारमुक्त सुसासनमा बर्तमान सरकार सक्रिय रहेको बताउनुभयो । 
जनयुद्धको समयमा पाल्पामा ४२ जना सहिद भएका थिए ।  १० जना अङ्गभङ्ग भएका घाईते तथा जेलनेल परेका व्यक्ति तथा निर्वाचित जनप्रतिनिधीहरु लाई मन्त्री केसी सहित ५ नम्वर प्रदेशका सभासद तुलाराम घर्तिमगर, पुर्व संविधानसभा सदस्य राधाकृष्ण कडेल, जिल्ला समन्वय समितीका अध्यक्ष दयाराज बस्याल, राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य डुलबहादुर कुवँर लगायतले सम्मान गरेका हुन् । 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal