श्रीनगर एफ,एम १५ बर्षमा प्रबेश

पाल्पा, चैत्र १३ 
 
देउरालीको सुसेली श्रीनगर एफ एम ९३ दशमलब २ मेगाहर्ज पाल्पा १५ बर्षमा प्रबेश गरेको छ । 
२०६० साल चैत १३ गते श्रीनगर एफ,एम ले प्रसारण आरम्भ गरेको थियो । बिहान ५ बजे बाट बेलुकी ११ बजे सम्म दैनिक १८ घण्टा प्रशारण भैरहेको श्रीनगर एफ,एम हजार वाटको क्षमतामा छ । तानसेनको  कैलाशनगरमा  कार्यालय रहको यस एफ,एम ९३ दशमलब २ मेजाहर्जमा पाल्पा,स्याङ्गजा, गुल्मी, अर्घाखाँची, पर्बत, बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्ग ,रुपन्देही, नवलपरासी, कपिलबस्तु, चितवन लगाएत २८ बढी जिल्लामा सुन्न सकिन्छ ।  ईन्टरनेट अनलाईनको श्रीनगर एफ एम् डट कम मार्फत संसारभर प्रतक्ष्य रेडियो सुन्न र समाचार पढ्न सकिन्छ । 
 
पाल्पा र आसपासका क्षेत्रमा रहको शिक्षा, स्वास्थ्य, पर्यटन र कुटीर उद्योगको प्रचुर सम्भावनालाई उजागर गर्दै यस भेगमा आर्थिक सामाजिक क्षेत्रको बिकासमा फड्को  मार्ने उदेश्यले श्रीनगर एफ,एम को स्थापना भएको थियो । 
सुचना, शिक्षा, स्वास्थ्य र मनोरञ्जनका साथै स्थानिय बिषय बस्तुलाई बढी प्राथमिकता दिदै आएको छ भने गरिवी न्युनीकरणको लागी पहल गर्दै शासकहरुलाई जनउत्तरदायी बनाउदै सुशासन कायम गर्न अग्रसर छ । हरेक समय र क्षण , क्षणमा देश बिदेश अनि गाउटोलमा घटेका घटना लाई तत्काल स्रोता माझ पुर्याउन तल्लीन श्रीनगर हाईलाईट निकै लोकप्रिय छ । 
 
दुरदराज तथा कुनाकन्धरामा रहेका आवाज विहीनहरुको आवाज निती निर्माताहरु सम्म पुराउन र  निर्माताले बनाएका निती नियमको जानकारी सर्वसाधारलाई दिन रेडियो प्रभावकारी बनेको छ । स्थानिय खबरहरुलाई समेटिएको समयसन्र्दभ निकै प्रभाबकारी बनेको छ । 
 
प्रालि द्धारा आभार 
 
श्रीनगर एफ,एमले १४ बर्ष पुरा गरी १५ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा प्रालिका अध्यक्ष भिमसेन कार्कीले सबै स्रोता, बिज्ञापन दाता, सुभेच्छुक, लगानीकर्ता तथा कर्मचारीहरुलाई शुभकामना ब्यतm गर्दै आगामी दिनमा थप सुझाब, सल्लाहा र सहयोगको आशा गर्नुु भएको छ ।  सरकारले रेडियो स्टेशन संचालन गर्दा लिने लाइसेन्स तथा अन्य शुल्कको केहि प्रतिशत यस क्षेत्रको विकास संगै संचार क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धी गर्न कल्याण कारी कोषमा खर्च गर्ने ब्यबस्था हुनुपर्नेमा जोड दिदै प्रालिका अध्यक्ष कार्कीले रेडियोको कुल आयमा लगाईएको  रोयल्टी पुर्णतया खारेज गर्न माग गर्नुभएको छ ।
 
श्रीनगर एफ,एम १५ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा स्रोतामाझ सुभकामना संदेश दिदै उहाले बार्षिक नविकरण शुल्क न्युन हुनु पर्ने, सुचना तथा संचारमन्त्रालय  शासन मुखी नभई , सेवा मुखी हुन पर्ने र सरकारबाट प्रदान गरिने लोक कल्याणकारी विज्ञापन रेडियोको क्षमता  र  प्रभावकारीताको आधारमा हुनु पर्छ भन्नु भएको छ । 
 
रेडियोलाई शुभकामना 
 
यसै बिच श्रीनगर एफ,एम प्रालि १५ बर्षमा प्रबेश गरेको  शुुभउपलक्ष्यमा पाल्पाका प्रतिनिधि सभा, प्रदेश सभाका प्रतिनिधि, पुर्ब सास्सद, पूर्व सभासदहरु, नगर प्रमुख, पाल्पाका गाउपालीकाका प्रमुख लगाएतले बधाईका साथ थप प्रगतिको कामना गुर्न भएको छ ।  श्रीनगर एफ,एमले समाज रुपान्तरणको लागी खेलेको भुमिकाको प्रशंसा गर्दै , राष्ट्रिय अखण्डता, जातिय, धार्मिक सहिष्णुतालाई कायम राख्न सधै अग्रसर हुनु पर्नेमा जोड दिनु भएको छ । श्रीनगर एफ,एमले शान्ती र संबिधानको लागी जन खबरदारी  गर्दै स्थानिय बिचार र सोचलाई स्थापित गराउने सवालमा सधै अग्रपंगिमा रहेर आफ्ना समाचार र कार्यक्रमलाई अगाडि बढाउनु पर्नेमा उहाहरुको जोड रहेको छ । 
श्रीनगर एफ,एम प्रालि १५ बर्षमा प्रबेश गरेको अवसरमा  पाल्पाका राजनैतिक दलका प्रमुख हरुले पनि   बधाई तथा सुभकामना दिनुभएको छ । समाजमा रहेका बिकृति बिसंगतिलाई हटाउन पहल गर्दे स्वच्छ र समुन्नत समाज निर्माणको लागी श्रीनगर एफ,एमले खेलेको भुमिकाको नेताहरुले प्रसंसा गरेका हुन् । पाल्पाका सरकारी कार्यालयका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, पत्रकार महासंघका सभापति एबं बिभिन्न सरकारी तथा गैरसरकारी सस्थाहरुका प्रमुखहरुले पनि ले पनि सुभकामना दिदै थप प्रगतिको कामना गर्नु भएको छ । नागरिक समाज, ब्यापारी, मानबअधिकारकर्मी लगाएतले पनि निजि क्षेत्रमा संचालित भएर पनि श्रीनगर एफ,एमले सामाजिक उत्तर दायित्वलाई राम्ररी बहन गरेको बताएका छन् । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal