पेरोन ट्रष्टको छात्रबृत्रि शिबम पचभैयालाई

shreenagarfm

देब पचभैया 
पाल्पा, चैत्र २० 
रिब्दीकोट गाउँपालीका ५ पाल्पाका शिबम पचभैयाले छात्रबृति पाएका छन् । कुइन्च गोर्खा ईन्जिनियरका पूर्ब रेजिमेन्टल कमान्डेन्ट पेरोन ट्रष्ट द्धारा प्रदान गरिने गरिब तथा जेहेन्दार बिधार्थीको रुपमा शिबमले यस बर्षको छात्रबृति पाएका हुन् । मंगलबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी ट्रष्टका सदस्य हुम बहादुर थापा (पचभैया) ले शिबमलाई छात्रबृत्रिको ६३ हजार नगद प्रदान गर्नुभएको हो । तानसेन स्थित मिलेनियम उच्च माबिमा स्नातक  तेस्रो बर्षमा अध्ययनरत २१ बर्षिय शिबमलाई छात्रबृत्रि प्रदान गर्दे ट्रष्टका सदस्य हुम बहादुर थापाले नेपालका गरिब तथा जेहेन्दार बिधार्थीलाई अध्ययनमा सहयोग पुगोस भनेर बिगत देखिनै पेरोन ट्रष्टद्धारा आर्थिक सहयोग दिदै आएको जानकारी दिनुभयो ।
   सम्बन्धीत बिधालय वा क्याम्पस र स्थानिय निकायको सिफारिका आधारमा बिधार्थीलाई छात्रबृति प्रदान गरिदै आएको बेलायती सेनाबाट अवकास पाउनुभएका थापाको भनाई छ । आर्थिक अभाबकै कारण नेपालका हजारौ बिधार्थीले उच्च शिक्षा हाशिल गर्न नपाएको भन्दै बेलायतका पूर्ब सैनिक प्रमुख पेरोन द्धारा ट्रष्टको स्थापना गरी छात्रबृत्रि प्रदान गरिएको पेरोन ट्रष्टका नेपाल प्रमुख मेजर सुर्ज बहादुर थापाले जानकारी दिनुभयो । नेपाल भरीबाट अहिले सम्म सयौ बिधार्थीले पेरोन ट्रष्टको छात्रबृत्रि पाएको थापाको भनाई छ । छात्रबृति पाएपछि आफ्नो पढाइलाई अघि बढाउन थप हौसला बढेको भन्दै बेलायती संस्था पेरोन ट्रष्टलाई शिबम पचभैयाले धन्यबाद दिएका छन् । 
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal