हेरालु राखेर ४ बिद्यार्थी भर्ना गरियो

shreenagarfm

पाल्पा, जेठ ३ 
 
एक महिना सम्मका लागी एक जना हेरालु राखेर बगनाँसकाली गाउँपालीका १ गोरसत पाल्पाका ४  जना बिद्यार्थीलाई बिहिबार बिधालयमा भर्ना गरिएको छ । ३ बर्ष देखि बिद्यालय जान छोडेकी मनिता कुुमाललाई कक्षा ६मा , यमकला कुमाललाई कक्षा २,प्रिति कुमाल लाई कक्षा ३ र विशाल कुमाललाई कक्षा १ मा भर्ना गरिएको गाउँपालीकाका शिक्षा अधिकारी मणि खनालले बताउनुभयो । 
गाउँपालीका अध्यक्ष कृष्ण बस्याल, उपाध्यक्ष सरस्वती चिदि, शिक्षा अधिकारी मणि खनाल, वडा अध्यक्ष सोम बहादुर झेडी, गाउँपालीकाका सामाजिक विकास समितिका प्रमुख ठानेश्वर तिमिल्सिना, जनप्रिय प्राविका प्र.अ छबिलाल पाठक लगाएतको समुहले घरमै पुगेर अभिभावकसंग छलफल पछि उनीहरुलाई कुनसरे निमाविमा भर्ना गरिएको हो ।  भर्ना गरिएका ४ जना बिद्यार्थीलाई   बिहान १० बजे  बिद्यालय लान र ४ बजे घरमा ल्याउन एक महिना सम्मका लागी स्थानिय सुन्दरी कुमाललाई जिम्मेवारी दिईएको छ ।  मासिक तलब दिएर सुन्दरीकुमाललाई राखिएको गाउँपालीका  अध्यक्ष बस्यालले जानकारी दिनुभयो । गाउँपालीका भित्र बिद्यालय नगएका तिनै चार जना मात्रै रहेकाले उनीहरुलाई बिद्यालय पठाएपछि गाउँपालीका भित्रका सबै बिद्यार्थीहरु बिद्यालय गएको गाउँपालीकाकी उपाध्यक्ष सरस्वती चिदिले दाबी गर्नुभयो ।
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal