४१ लाखको भवन मन्दिरलाई हस्तान्तरण

shreenagarfm

श्रीनगर एफ,एम
पाल्पा, भाद्र ७
तानसेन स्थित ठाडोगल्ली, भगवतीटोल निवासी डाक्टर निरज गोबिन्द श्रेष्ठले ४१ लाखको लागतमा बनेको भवन भगवती गुठि ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ ।
पिता, माता र दाजुको स्मृतिमा निर्माण गर्नुभएको भवन डाक्टर श्रेष्ठले भगवतीटोलमा रहेको श्री ७ रणउजिरेश्वरी भगवती गुठी ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।  सोभियतसंघको बेलारुसमा बस्दै आउनुभएका तानसेन निवासी निरज गोबिन्द श्रेष्ठले बिहिबार एक कार्यक्रमको आयोजना गरी मन्दिरको दक्षिण भेगमा निर्माणधिन चन्द÷ जीत÷ राजेन्द्र नामक भवनको साँचो  मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयलाई हस्तान्तरण गर्नुभएको हो ।
भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पाल्पाका प्रदेश सांसद डाक्टर पुरनमान बज्राचार्यले कर्मथलो बाहिर भएपनि जन्मस्थानको मायाले डाक्टर निरजगोबिन्दले गरेको सहयोगलाई तानसेन बासीले कहिल्यै भुल्न नसक्ने बताउनुभयो ।
भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयको अध्यक्षता, सचिब भीमसेन कार्कीको संचालनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, तानसेन नगरपालीकाका मेयर असोक कुमार शाही,  गुठि ब्यवस्थापन समितिका सल्लाहकार बुद्धि प्रसाद शर्माले बोल्दै पाल्पामा जन्म तर कर्म बाहिर रहेका सबैले यसरीनै जन्मथलोको बिकासका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
भवननिर्माणका लागी सहयोग गर्ने सहयोगीको तर्फबाट  बिजय गोबिन्द श्रेष्ठले पाहुनाहरुको स्वागत र कोकिल गोबिन्द श्रेष्ठले धन्यबाद दिनुभएको थियो ।
धार्मिक एबम् सास्कृतिक कार्यका लागी निर्माण भएको भवनमा डेढ शय बढी मानिस बस्न मिल्ने भगवतीगुढी ब्यवस्थापन समितिले जनाएको छ । सहयोग दातालाई समितिले धन्यबाद दिएको छ ।
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal