बोको हरामको आक्रमण

shreenagarfm

जेष्ठ २३, विद्रोही संगठन बोको हरामको आक्रमण परि नाईजरमा ३२ सुरक्षाकर्मीको ज्यान गएको छ । बोको हरामले नाईजेरियासंग सीमा जोडिएको नाईजरको दक्षिणपूर्वी बजार बोस्सोमा आक्रमण गरेको हो । आक्रमणमा परि ज्यान जाने नाईजरका ३० र नाइजेरियाका दुइ जना सुरक्षाकर्मी रहेको नाइजरको रक्षा मन्त्रलयले जनाएको छ । गएको बर्षको अप्रिलमा ७४ जनाको ज्यान जाने गरि भएको आक्रमण पछिको यो नाइजरमा भएको सबै भन्दा ठूलो आक्रमण हो । बोस्सो बजारबाट बोको हरामका लडाकुलाई हटाउन स्थल तथा हवाई सेना प्रयोग गरिएको र हहिले वस्था नियन्त्रणमा रहेको नाईजरको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
 

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal