सीपमूलक तालिम सम्पन्न

बुटवल, जेठ २३ । बुटवल–९ दीपनगर स्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्था
लिमिटेडले सञ्चालन गरेको सीपमूलक तालिम शनिबार सम्पन्न भएको छ । सहकारीले
आफ्ना शेयर सदस्यमा उद्यमशीलताको विकास गर्न चुरा, पोते तथा तयारी गहना
बनाउने तालिम सञ्चालन गरेको हो ।
पन्ध्र दिनसम्म चलेको सो तालिममा १६ जना शेयर सदस्यको सहभागिता रहेको
संस्थाका अध्यक्ष चरण तिमल्सेनाले जानकारी दिए । तालिम समापन समारोहमा
संस्थाका अध्यक्ष तिमल्सेनाले तालीम लिएकाहरुले व्यवसायिक काम गर्न चाहेमा
संस्थाले ऋण समेत प्रवाह गर्ने बताए ।
यस्तै प्रशिक्षक खुमा बुढामगरले आत्मनिर्भर बन्न चाहनेहरुलाई तालीमले अवसर
दिएको बताइन् । उनले चुरा, पोते र तयारी गहनाको माग बजारमा उच्च
रहेकाले तालिमका सहभागीले व्यवसायिक रुपमा यसको उत्पादन गर्न सक्ने बताइन् ।
संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता, तालिम संयोजक तथा संस्थाका सचिव
दीपक न्यौपानेको सञ्चालनमा भएको तालीम समापन समारोहमा संस्थाका सल्लाहकार
कृष्ण प्रसाद भट्टराई, प्रशिक्षार्थी प्रतिभा पाण्डेलगायतले बोलेका थिए ।ण्डेलगायतले बोलेका थिए ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal