दयाशंकर पालिखे स्मृति राष्ट्रिय पुरस्कार पत्रकार पौडेललाई प्रदान

shreenagarfm

पोखरा, २३ जेठ । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेर वहादुर देउवाले दया शंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार एवम् रेडीयो बाराहीका कार्यकारी निदेशक रमेश पौडेललाई सम्मान गरेका छन् ।  पोखरामा आइतवार आयोजित एक कार्यक्रममा देउवाले सो पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा संचालित तथा प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखेको स्मृतिमा उहाँको परिवारद्धारा स्थापित सो पुरस्कार सम्मानपत्रसहित ३३ हजार तीन सय ३३ रुपैया नगद राशीको रहेको छ ।

प्रतिभा छनौट समितिका संयोजक नारायण कार्कीको संयोजकत्वमा बनेको छनौट समितिले गोरखापत्र दैनिक र नेपाल टेलिभिजन पोखरा सम्वाददाताका रुपमा कार्यरत छन् । साढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका पौडेल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष एवम् व्रोड कास्टिङ एसोसीयसन नेपाल (वान) का समेत केन्द्रिय उपाध्यक्ष   हुन् ।  

सो पुरस्कार वितरण गर्दै काङग्रेस सभापति एवम् पूर्व प्रधामन्त्री शेर बहादुर देउवाले संविधान कार्यान्वयनपछि मात्रै संघीय गणतान्त्रिक लोकतन्त्रको स्थायित्व हुने र देश आर्थिक समृद्धितर्पm उन्मुख हुने विचार व्यक्त गर्नु भयो । उनले देशमा रहेको अपार जलश्रोतको विकास गरी देशलाई दक्षिण एशियाकै समृद्धशाली वनाउन सवै राजनैतिक दलको भूमिका महत्वपूर्ण हुनु पर्नेमा जोड दिए । प्रजातन्त्रको आन्दोलनमा पत्रकार जगतले महत्वपूर्ण योगदान पुर्याएको वताउंदै उहांले पत्रकारहरुको श्रमजीवी ऐन लागू गर्न आपूmले प्रयास गर्ने विचार व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले  प्रजातन्त्रका सेनानी स्व .दयाशंकर पालिखे र प्रतिभा छनौट समितिका सदस्य पुण्य पौडेलले पुरस्कृत व्यक्तित्व रमेश पौडेलको जिवनी माथि प्रकाश पारेका थिए ।

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal